दफा ५
समायोजनको लागि सूचना प्रकाशन गर्ने
(१) मन्त्रालयले यस ऐन बमोजिम प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा समायोजनको लागि प्रत्येक प्रदेशमा समायोजन गरिने प्रहरी नायब उपरीक्षक वा सोभन्दा मुनिका पद, दर्जा र त्यसको सङ्ख्या सहितको विवरण खुलाई समायोजनको लागि प्रहरी कर्मचारीबाट निवेदन आह्वान गरी सूचना प्रकाशन गर्नेछ।
(२) उपदफा (१) बमोजिम निवेदन आह्वान गर्दा प्रत्येक प्रदेशमा समायोजन गरिने पद सङ्ख्या तथा दर्जा र हाल नेपाल प्रहरीको कुन पद वा श्रेणीको प्रहरी कर्मचारी प्रदेशको कुन पद वा श्रेणीमा समायोजन हुन सक्ने हो सो कुरा समेत खुलाइएको विवरण मन्त्रालय र प्रहरी प्रधान कार्यालयको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ।
(३) प्रदेश प्रहरीको सेवामा समायोजन भई जान चाहने प्रहरी कर्मचारीले उपदफा (१) बमोजिम प्रकाशित सूचनामा तोकिएको अवधिभित्र मन्त्रालयले तोके बमोजिम मन्त्रालयले तोकेको कार्यालयमा निवेदन दिनु पर्नेछ।
(४) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि समायोजनको लागि निवेदन नदिएका प्रहरी कर्मचारीलाई यस ऐनको अधीनमा रही प्रदेश प्रहरीमा समायोजन गर्न बाधा पुगेको मानिने छैन।